संगीत

अर्जुनको ‘चुपचाप’मा नम्रता र रोशनको प्रेम

इकागज |
असोज १६, २०७८ शनिबार १२:२२ बजे

काठमाडौँ- नायिका तथा मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारीको प्रेमले भरिएको गीत ‘चुपचाप’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतको भिडियो एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार  सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो गीतका गीतकार एवं संगीतकार अर्जुन पोखरेल, निर्देशक विधान कार्की र मोडल नम्रता सापकोटाले गीतको भिडियो सार्वजनिक गरे ।


नेपासिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा तयार पारेको यो गीतमा रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर छ । गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत भरेका छन् ।

यो गीतको भिडियोमा मोडलद्धय रोशन अधिकारी र नम्रता सापकोेटाले अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित नायिका नम्रताले यो गीतको भाव अनुसार आफूले काम गरेको बताइन् ।

निर्देशन विधान कार्कीले भिडियोलाई रोमान्टिक शैलीमा तयार पारेका छन् । उनले, रोशन र नम्रताको केमेष्ट्रीलाई गज्जबले उतारेका छन् । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोका एसोसियट निर्देशक माधव शर्मा हुन् । 

 


Author

थप समाचार
x