संगीत

नेपालमा 'डान्स रियालिटी शो' हुने, बिजेतालाई २५ लाख पुरस्कार

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १७:५१ बजे

काठमाडौँ- नेपालमा नृत्य प्रतियोगिता(डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमीसँगको सहकार्यमा डान्स रियालिटी सो गर्न लागेको हो । 

नेपालीको नृत्य प्रतिभालाई नेपाली दर्शक सामु लैजाने र नेपाली नृत्यको प्रचारप्रसार गर्न डान्स रियालिटी शो गर्न लागेको कि एड्भर्टाइजिङले बताएको छ । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको निर्णायक मध्येकी एक नायिका निरुता सिंहले नेपालीपनको नृत्य रियालिटी शोमा हेर्न पाइने बताइन् । 


नेपाली टेलिभिजनमा फ्रेन्चाइज शोहरुको दबदबा रहेको समयमा आफैँ मौलिकता बोकेको नृत्य प्रतियोगिता हुन सक्नु गौरवको विषय भएको नायिका एवं निर्णायक सिंहले बताइन् । 

कार्यक्रम आगामी कार्तिक २५ गतेदेखि हप्ताको बिहीवार र शुक्रवार प्रशारण हुनेछ । प्रतियोगिताको निर्णायकमा नायिका सिंहसँगै, कोरियोग्राफर जगत रावल, डान्सर आस्मा विश्वकर्मा रहनेछन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिता सम्बन्धी कार्यक्रम कान्तिपुर टेलिभिजनमा हेर्न पाइनेछ भने यो ३४ भागको हुने कार्यक्रम निर्माता कि एड्भर्टाइजिङले बताएको छ ।


Author

थप समाचार
x