प्रमुख समाचार

मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारबाहीमा

इकागज |
साउन १५, २०७९ आइतबार १२:२८ बजे

काठमाडौँ- मापसे गरी स्कुल बस चलाएका पाँच सवारीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आइतबार बिहान उपत्यकाका विभिन्न ठाउँमा सवारीसाधनको चेकजाँचमा १६ वटा विद्यालयका बस कारबाहीमा परेका हुन् । जसमध्ये पाँच सवारी चालकले मापसे गरेको ट्राफिक प्रहरीले फेला पारेको हो ।

गत ८ गतेबाट स्कुल बस निर्देशिका लागू भएको हो । निर्देशिका लागू भएपछि विद्यालयका सवारी चालकलाई कारबाही तथा सचेत गराएको हो । आगामी दिनमा स्कुल बस निर्देशिका विपरीत सञ्चालित सवारीचालक कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।



Author

थप समाचार
x