प्रमुख समाचार

पूरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

इकागज |
भदौ २७, २०७९ सोमबार १२:९ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई पूरा बाहुला भएको पोशाक लगाउन निर्देशन दिएको छ । पछिल्लो समय दिनप्रतिदिन डेंगुको संक्रमण बढ्दै गएकाले सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई पूरा बाहुला भएको लुगा लगाउन मन्त्रालयले अनुरोध गरेको हो ।

डेंगुलाई नियन्त्रण गर्न विभिन्न प्रतिकार्य योजना बनाइ काम गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बढ्दो संक्रमणलाई नियन्त्रण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वय गरी लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने काम भइरहेको छ ।  


 


Author

थप समाचार
x