प्रमुख समाचार

वीरगञ्जमा थप तीन जना कोभिड संक्रमितको मृत्यु

माधुरी महतो |
बैशाख १७, २०७८ शुक्रबार ८:३ बजे

वीरगञ्ज : वीरगञ्जमा थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । दुई महिला र एक पुरुष गरी थप ३ संक्रमितको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका-३ की ४७ वर्षीय महिलाको बिहीबार राती साढे १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । वैशाख १४ गते नारायणी अस्पतालमा ल्याइएका उनको पिसिआर परीक्षण पोजिटिभ आएको थियो ।


त्यस्तै बाराको जितपुर सिमरा २४ का ७७ वर्षिय कोभिड संक्रमित पुरुषको बिहीबार राती साढे ११ बजे मृत्यु भएको कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । वैशाख १० गते नारायणी अस्पतालमा ल्याइएका उनलाई अस्पताल भर्ना गरीएकोमा त्यही दिन उनको पिसिआर परीक्षण गर्दा पोजिटिभ आएको थियो । अस्पताल भनाई भई उपचारार्थ उनको गएराती मृत्यु भएको दासले बताए ।

त्यस्तै वीरगञ्ज १६ नगवाकी ४८ वर्षीय कोभिड संक्रमित महिलाको पनि शुक्रबार विहान १ बजेर ४५ मिनटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि गत बैशाख १२ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो ।


Author

थप समाचार
x