प्रमुख समाचार

चिनियाँ सहयोगको स्वास्‍थ्‍य सामाग्रीको पहिलो लट काठमाडौँमा, अन्य लट पनि ल्याइँदै

इकागज |
बैशाख २८, २०७८ मंगलबार २०:४४ बजे

काठमाडौँ :  चीनले नेपाललाई सहयोग गर्ने भनेको ३ हजार ५ सय अक्सिजन सिलिन्डरमध्ये पहिलो लट मंगलबार दिउसाे काठमाडौँ  ल्याइपुर्‍याएको छ । पहिलो खेपमा चार सय थान अक्सिजन सिलिन्डर र १० ओटा भ्यान्टिलेटर नेपाल ल्याइएको चिनियाँ दूतावासले जनाएको छ ।

चीन सरकारको सामग्रीसँगै चिनियाँ कम्पनी होङ्सी शिवम सिमेन्टले सहयोग गरेको १७० अक्सिजन कन्सनट्रेटर पनि काठमाडौँ ल्याइएको छ । चीनले सहयोग गरे पनि नेपाल एअरलाइन्सको चार्टर उडानबाट ति सामाग्री मंगलबार दिउँसो काठमाडौँ ल्याइएको हो । 


चीनका परराष्ट्र मन्त्री वाङ यीले अप्रिल २७ मा चीन सहित दक्षिण एसियाका अन्य ५ मुलुकसँग भएको बैठकमा नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार पहिलो लटको सामग्री ल्याईएको काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सियालोङ ले जनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले शुक्रबार मात्र नेपाललाई सहयोग पठाउनका लागि पहिलो चरणमा स्वास्थ्य समाग्री तयार रहेको जानकारी दिएका थिए । सोही अनुरुप स्वास्थ्य सामाग्री दूतावासलाई चीनले हस्तान्तरण गरेको हो । बेइजिङबाट भने नेपाल स्वयंले उक्त सामाग्री ल्याएको हो । चीनबाट अझै ३१ सय अक्सिजन सिलिन्डर नेपालले ल्याउनुपर्ने हुन्छ ।  

नेपालको फैलिएको कोभिडविरुद्ध लड्न चीनले नेपाललाई सक्दो सहयोग गर्ने पनि जनाउको छ । त्यही अनुरुप चीनले अन्य खोप पनि उपलब्ध गराउने बताएको छ । चीनले नेपालले यो लडाईं जित्ने विश्वास गर्दै सबै नागरिकलाई सुरक्षीत रहन आगह गरेको छ ।


Author

थप समाचार
x