प्रमुख समाचार

असार १५

सबैभन्दा धेरै रोपाई कर्णालीमा

इकागज |
असार १५, २०७८ मंगलबार १२:६ बजे

काठमाडौँ : यस वर्षको असार १५ सम्म सबैभन्दा धेरै रोपाई कर्णाली प्रदेशमा भएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको धान रोपाईको विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न भएको छ ।

कर्णालीपछि सुदूरपश्चिममा ४८ प्रतिशत र लुम्बिनीमा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सबैभन्दा धेरै धान रोपाई हुने प्रदेश २ मा अहिलेसम्म १० प्रतिशत मात्रै रोपाई भएको छ । प्रदेश १ मा १७ प्रतिशत, बागमतिमा २१ र गण्डकीमा १५ प्रतिशत रोपाई सम्पन्न भएको छ ।


देशभर अहिलेसम्म २७ प्रतिशत रोपाई सम्पन्न भएको विवरणमा उल्लेख छ । यो गएको वर्षभन्दा ८ प्रतिशत कम हो । गएको वर्ष असार १५ गतेसम्म ३५ प्रतिशत रोपाई भएको थियो । नेपालमा १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ । 

यस वर्ष मनसुन समयमै सुरु भएपनि पर्याप्त मात्रामा धान रोपाई हुन सकेको छैन ।


Author

थप समाचार
x