प्रमुख समाचार

कोभिड-१९बाट ज्यान गुमाउनेहरू : बागमतीमा सबैभन्दा धेरै, कर्णालीमा थोरै

इकागज |
असार २७, २०७८ आइतबार १९:३९ बजे

काठमाडौँ : बागमती प्रदेशमा ४ हजार १४ जना कोभिड संक्रमितको मृत्यु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो ।

त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ५६३ जनाको मृत्यु भएको छ ।  प्रदेश १ मा एक हजार २६५ जना संक्रमितको मृत्यु ,गण्डकीमा ९६८ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ मा ७३५ जना संक्रमितको मृत्यु, सुदुरपश्चिममा ४४१ जना संक्रमितको मृत्यु भएको छ ।


कर्णालीमा ४०५ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोभिड संक्रमणका कारण हालसम्म मृत्यु हुनेको जम्मा संख्या नौ हजार ३८२ पुगेको छ ।

 


Author

थप समाचार
x