प्रमुख समाचार

गच्छदारको मुद्दामा बहस सुरु

इकागज |
असार ३०, २०७८ बुधबार १५:६ बजे

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री विजय गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा थुनामा पठाउने कि धरौटी विषयमा विशेष अदालतमा बहस सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध उक्त जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा  लगाएको थियो । गच्छदार सत्तारुढ नेपाली कांग्रेसका उपसभापति हुन् ।

आयोगले बिगो बमोजिम असूल र सम्पत्ति जफ्तको माग राखी मुद्दा चलाएको हो । उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदारले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगी भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आयोगले अभियोग लगाएको छ ।


उक्त मुद्दाको थुनछेक आदेश सम्बन्धमा विशेष अदालतमा कानुन व्यवसायीहरु महादेव यादव, हरिहर दाहाल, कृष्ण सापकोटा र ललित बस्नेतले बहस गरिरहेका छन् । कानुन व्यवसायीहरुले गच्छदारलाई थुनामा राखी कारबाही चलाउनु नहुने माग राखेका थिए ।


Author

थप समाचार
x