प्रमुख समाचार

जो चोर उसको ठूलो स्वर ! अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ : डा. बाबुराम भट्टराई

इकागज |
साउन २, २०७८ शनिबार ६:३५ बजे

काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६ (५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ आरोप लगाएका छन् । सत्तामा हुँदा कार्यपालिका र व्यवस्थापिका ध्वस्त पारेर ओलीलाई धित नमरेको टिप्पणी गर्दै अब न्यायालयमाथि खड्ग भुत चलाउन खोजेको उनको आरोप छ । 

'खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ !,' सामाजिक सन्जालमार्फत उनले भनेका छन्,'जो चोर उसको ठूलो स्वर भने झैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६(५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ ! त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?'


 


Author

थप समाचार
x