प्रमुख समाचार

महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्न देउवाले बोलाए पदाधिकारी बैठक

इकागज |
साउन ११, २०७८ सोमबार १६:४७ बजे

काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बिहान पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार बिहान नौ बजे देउवाले नीजि निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । 

नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बिहान नौ बजे पदाधिकारी बैठकको सूचना आएको जानकारी दिए । ‘बिहान नौ बजेका लागि पदाधिकारी बैठकको सूचना आएको छ,’ अधिकारीले भने, ‘त्यही क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने कार्यक्रम पनि छ ।’


क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले शनिबार बसेको पदाधिकारी बैठकमा नै मंगलबारका लागि छानबिन प्रतिवेदन बुझाउने समय मागेका थिए ।

सदस्यताको फाइलबारे भोलिकै पदाधिकारी बैठकबाट निर्णय लिने तयारी देउवाको छ । स्रोतका अनुसार भोलि नै अधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने तयारी छ । महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन र क्रियाशील सदस्यता फाइनलबारे  बैठकमा छलफल गरी निर्णय लिने तयारी छ । 


शनिबारको पदाधिकारी बैठकले १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित गरेको थियो । 


Author

थप समाचार
x