प्रमुख समाचार

एमालेले साढे १२ बजेसम्म अदालतको निर्णय कुर्ने

विक्रम खड्का |
साउन २७, २०७८ बुधबार ९:५१ बजे

फाइल तस्‍बिर

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेशले मुख्यमन्त्रीको राजीनामाको विषय साढे १२ बजेसम्म होल्ड गर्ने भएको छ । मन्त्रिपरिषद्‍पछि संसदीय दलको बैठकमा जुटेको एमालेले सर्वोच्‍च अदालतको अन्‍तरिम आदेशको आशमा साढे १२ बजेसम्‍म कुर्ने भएको हो ।

आजै १ बजे विपक्षीले राखेको अविश्‍वासको प्रस्तावमाथि छलफल हुने भएकोले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने या अविश्‍वासको प्रस्ताव फेस गर्ने भन्‍ने निर्णय लिन सकेका छैनन् । 


रणनीतिक रूपमा सर्वोच्चमा रहेको रिट सुनुवाई पर्खिने र त्यतिबेलासम्म पनि केही नआए राजीनामा दिने सोच मुख्यमन्त्रीले बनाएको एमाले नेताहरूले इकागजलाई बताए । तर एमालेकै केही नेताहरूले संसदीय प्रक्रियामा सहभागी हुनुलाई जित हारका रूपमा नलिई प्रस्ताव फेस गर्नुपर्ने बताएका छन् । सरकारका स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले अहिलेसम्म राजीनामाको निर्णयमा नपुगेको बताए । उनले कानुन सम्बत् विधि पद्वति मानेर अघि बढ्ने भन्दै उनले साढे १२ बजेसम्म आफूहरू छलफलमै रहने प्रतिक्रिया दिए ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x