प्रमुख समाचार

पद जोगाउन दल विभाजन गर्ने अध्यादेश ल्याउनु लोकतन्त्रकै हत्या : डा. भट्टराई

इकागज |
भदौ १, २०७८ मंगलबार २१:२ बजे

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएको बताएका छन् । उनले स‌सद् अधिवेशन अन्त्य गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको पनि बताएका छन् ।

सामाजिक सञ्‍जाल ट्‍वीटरमा डा. भट्टराईले ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय रहेको उल्लेख गरेका छन् । 


'ओली गएपनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो। जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो,' डा. भट्टराईले  ट्‍वीटरमा लेखेका छन्, 'अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो । गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस !'


Author

थप समाचार
x