प्रमुख समाचार

प्रदेश १ का मन्त्री तिवारी र साम्सोहाङले लिए शपथ

इकागज |
भदौ ११, २०७८ शुक्रबार १७:३० बजे

विराटनगर –  विराटनगर – प्रदेश १ मा बिहीबार मन्त्रिपरिषद्को पहिलो विस्तार गरिएको छ । प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बनेका हुन् । उनीहरूले प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका हुन् । तिवारी र साम्सोहाङ माधव नेपाल समुह छाडेर १० बुँदे सहमति कार्यन्वयन गर्ने समुहको नेतृत्व गर्दै मुख्यमन्त्री भीम आचार्यसँगै एमालेमा खुलेका थिए । शुक्रबार चार सदस्यीय मन्त्रिमण्डल विस्तारको तयारी गरिएपनि मन्त्रीमा तिवारी र साम्सोहाङले मात्रै पद तथा गोपनियताको सपथ लिएका हुन् ।


प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथ लिए लगत्तै उनीहरुले मन्त्रालयमा पुगेर पदभार ग्रहण पनि गरेका छन् । नेपाल समुहमा रहेका सांसदहरुलाई एमालेमै फर्काउने प्रयास स्वरुप तिवारी र साम्सोहाङलाई पहिलो चरणमा मन्त्रिमण्डलमा सहभागी गराइएको एमाले स्रोतले जनाएको छ । मन्त्रिमण्डलमा नेपाल समुहमै रहेर अहिले एमालेमा खुलिसकेका पुर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाउने चर्चा चलेपनि उनी तयार नभएको जनाइएको छ ।

शुक्रबारको मन्त्रिमण्डलमा एमाले प्रमुख सचेतक बुद्दीकुमार राजभण्डारी र सांसद विमल कार्की मध्ये एकजना एवं एमालेमै रहने कि नेकपा (एस) तिर लाग्ने भनेर दोधारमा परिरहेका महिला सांसद मध्ये एकजना गरी थप दुईजनालाई सपथ गराउने तयारी रहेको थियो । तर मुख्यमन्त्री आचार्यले अहिले नै धेरै मन्त्रि बनाउँदा एमालेलाई एकल बहुमतको सरकार बनाउन आवश्यक ४७ सांसदको साथ नजुट्ने सम्भावना हुने भन्दै हाललाई तिवारी र साम्सोहाङलाई मात्रै सपथ गराउन इच्छुक देखिएको जनाइएको छ ।


Author

थप समाचार
x