प्रमुख समाचार

एमाले कास्कीकाे समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

इकागज |
भदौ १४, २०७८ सोमबार २१:६ बजे

पोखरा – नेकपा एमाले कास्कीको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । नेकपा एमालेको विवाद चर्किरहेको तत्कालीन समयमा माधव नेपालले गठन गरेको सो कमिटी मंगलबार नेकपा (एस)मा समाहित हुने भएको हो ।     

४ चैतमा काठमाडौं राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका नेपालले १९ चैतमा कास्कीमा समानान्तर कमिटी निर्माण गरेका थिए । धनराज आचार्यको संयोजकत्वमा निर्माण भएको ७५ सदस्यीय समान्तर कमिटीलाई २४ चैतमा पूर्णता दिँदै १ सय ४७ सदस्यीय बनाइएको थियो । सोही कमिटी अहिले नेकपा एसको कास्की जिल्ला कमिटीमा रुपान्तरण भएको हो ।


कमिटीको अध्यक्षमा धनराज आचार्य, सचिवमा होम नेपाली, सहसचिवमा पूर्ण लामा छन् । समानान्तर कमिटीका उपाध्यक्ष शोभाकर भण्डारीको कोभिड  संक्रमणबाट मृत्यु भएको छ । उपाध्यक्ष पद खाली राखेर १ सय ८५ सदस्यीय एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी मंगलबार घोषणा गरिने अध्यक्ष आचार्यले जानकारी दिए । कास्की जिल्ला कमिटीसँगै पोखरा महानगर समानान्तर कमिटी पनि एकीकृत समाजवादीमा रुपान्तरण हुने उनले बताए । कास्कीबाट एमालेको केन्द्रीय सदस्य रहेका तुलबहादुर गुरुङ, चुडामणि विक जंगली, श्रीनाथ बराल, दिलु पन्त  हाल एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् ।


Author

थप समाचार
x