प्रमुख समाचार

मौसम पूर्वानुमान

प्रदेश १, बागमती र लुम्बिनीका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना

इकागज |
भदौ २२, २०७८ मंगलबार ७:१५ बजे

फाइल तस्‍बिर

काठमाडौँ - हाल प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ। साथै देशको पश्चिमी तराई नजिक मनसुनको न्युन चापीय रेखा रहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।


राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले जनाएको छ । 


Author

थप समाचार
x