प्रमुख समाचार

बेञ्‍च-बारको समन्वयबारे छलफल, उपलब्धी शून्य

इकागज |
भदौ २८, २०७८ सोमबार २१:३७ बजे

काठमाडौँ -  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा आज ‘बेञ्च-बार समन्वय समिति’को बैठकमा समसामयिक विषयमा छलफल भएको छ । प्रधानन्यायाधीश अध्यक्ष रहेको समिति बैठकमा बेञ्च र बारबीच देखिने गरेका समस्या र समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो ।

“समसामयिक विषयमा छलफल भएको हो, निश्कर्ष नै त्यस्तो केही आएन”, सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालले भने, “बैठकमा संवैधानिक इजलास गठन, पछिल्ला आदेशको समीक्षा, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसम्बन्धी छलफल भयो, समग्रमा रचनात्मक छलफल भयो ।”  


स्रोतका अनुसार बैठमा संवैधानिक इजलास र संवैधानिक नियुक्तिबारे बस्ने भनिएको संवैधानिक इजलासबारे छलफल भएको थियो । तर फरक-फरक धारणा आएकाले कुनै सहमति नबनेको बैठक स्रोतले बतायो ।  

समितिमा प्रधानन्यायाधीश राणा अध्यक्ष, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की छन भने बारका तर्फबाट नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र शम्भु थापा, महान्याधिवक्ता खम्मबहादुर खाती, मुख्य रजिष्ट्रार लालबहादुर कुँवर छन् । 


Author

थप समाचार
x