प्रमुख समाचार

कांग्रेस महाअधिवेशन : चार पालिकामा सर्वसम्मत, चार पालिकामा मतदान

इकागज |
असोज १०, २०७८ आइतबार ६:४१ बजे

लमजुङ - नेपाली कांग्रेस  १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मर्स्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले  सभापति चयन भएका हुन् । 

मर्स्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन भएका उनीहरु यसअघि पनि सभापति थिए । भने दूधपोखरीका सभापतिमा चयन भएका गुरुङ जिल्ला कार्यसमिति सदस्य थिए । 


यहाँका चार नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । बेँसीशहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो । कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलका अनुसार मध्यनेपाल नेपालबाट वसन्तराज घिमिरे सभापतिमा निर्वाचित भएका छन् । राइनासमा भने मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि  भेटिएपछि मतदान स्थगन गरिएको छ । (रासस)


Author

थप समाचार
x