प्रमुख समाचार

जग्गा प्रकरणमा संलग्नता प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु : गच्छदार

इकागज |
असोज २०, २०७८ बुधबार २०:४८ बजे

इटहरी – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको बताए ।

उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको पनि उनले पटक–पटक दोहो¥याए । ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु,’ गच्छदारले भने, ‘मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । म निष्कलंक छु । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइएको हो ।’


आफू कांग्रेसमा प्रवेश गरेपछि केपी ओली नेतृत्वको सरकारले प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएको उनले जिकिर गरे ।
 


Author

थप समाचार
x