प्रमुख समाचार

कांग्रेस मकवानपुरको अधिवेशन, केन्द्रीय महाधिवेशनपछि

इकागज |
मंसिर ८, २०७८ बुधबार १८:२१ बजे

काठमाडौँ – नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ । आवश्यक तयारी नपुगेको भन्दै कांग्रेस मकवानपुरले जिल्ला अधिवेशन सार्ने निर्णय गरेको हो । हेटौँडामै बागमती प्रदेश अधिवेशन गर्नुपर्ने र आवश्यक तयारी नपुग्ने भन्दै केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्न लागिएको बताइएको छ । कांग्रेस बागमती प्रदेश अन्तरगर्तको अधिवेशन मंसिर १६ र १७ गते हेटौँडामा हुँदैछ ।  

हेटौँडामा बसेको कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति तथा सल्लाहकारहरु सहितको बैठकले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै गर्न निर्वाचित समिति समक्ष अनुरोध गर्ने निर्णय गरेको कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।  


‘वडा र क्षेत्रको अधिवेशन बल्ल सक्यौँ । प्रदेशको पनि अधिवेशन पनि यहीँ हेटौँडामै हुँदैछ,’ हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जिल्ला अधिवेशन नहुँदा केन्द्रको महाधिवेशनलाई खासै असर पनि गर्दैन । अनि यहाँ तयारी नभ्याउने पनि भयो ।’  


Author

थप समाचार
x