प्रमुख समाचार

एमाले महाधिवेशन : ओलीले १४५५ मत ल्याउँदा रावलको ९६

इकागज |
मंसिर १४, २०७८ मंगलबार १४:३५ बजे

काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशनअन्तरर्गत नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्ष पदका उम्मेदवार केपी ओलीले अर्का उम्मेदवार भीम रावललाई फराकिलो मतान्तरले पछि पारेका छन् ।  

मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का प्रत्यासी रावलले ९६ मत ल्याएका छन्। 
 एमाले महधिवेशनमा मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ मत खसेको थियो । 
 



Author

थप समाचार
x