प्रमुख समाचार

नेकपा विवाद

दाहाल-नेपाल समूहमा लागेपछि प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो बर्खास्त

लीलावल्लभ घिमिरे |
पुस ११, २०७७ शनिबार १९:१२ बजे

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङवोलाई पदमुक्त गरेका छन् । मन्त्री आङवोलाई पदमुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । ‘आर्थिक मामिला तथा योजनामन्त्रीलाई पदमुक्त गर्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यसको जानकारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने काम भएको छ ।’
 
नेकपामा आएको विभाजनसँगै आङवो खुलेर पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहमा लागेका थिए । उनी त्यसैका लागि केहि दिन देखि काठमाण्डौमा थिए । अहिले साँझमात्र उनी विराटनगर आइपुगेका छन् । 

माओवादी कोटावाट मन्त्री बनेका आङवो पाँचथरबाट निर्वाचीत प्रदेश सभा सदस्य हुन् । यसैबीच आइतबार दाहाल–नेपाल समूहले प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुध्द अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको हल्ला शुक्रबारबाटै आउन थालेको थियो । 
 



Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x