प्रमुख समाचार

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने

इकागज |
फागुन १६, २०७७ आइतबार ९:३४ बजे

फाइल तस्बिर

काठमाडौँ : देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान बुलेटिन निकाल्दै मुलुकका पहाडि भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको जनाएको छ । 

दिउँसो  प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।


आज राति प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। दिउँसो :  प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशकाका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
 
सोमबार  प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। म‌ंगलबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाले देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको संम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 


Author

थप समाचार
x