प्रमुख समाचार

३९ जिल्लाको मतपत्र छापियो, दैनिक ८ लाख छपाइ हुँदै

इकागज |
बैशाख २, २०७९ शुक्रबार १३:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ३९ जिल्लाको मतपत्र छापिसकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका दैनिक आठ लाख मतपत्र छपाइ भइरहेको छ । 

आयोगले १ करोड ९४ लाख मतपत्र छाप्‍ने छ । जनक शिक्षा सामग्रीले चैत २१ गतेबाट मतपत्र छाप्‍न सुरु गरेको हो ।


निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गत 'निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण' शुक्रबारदेखि सुरु भएको छ । जनकपुर, हेटौडा, बुटवल र धनगढीमा सुरु भएको आयोगले जनाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतहरूलाई तालिम दिन सुरु गरेको हो । यसअघि विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जका निर्वाचन अधिकृतहरूको तालिम सम्पन्न भइसकेको छ ।

प्रशिक्षण सम्पन्न भएपछि सबै निर्वाचन अधिकृतलाई प्रमाणपत्र र सामग्री प्रदान गरिने आयोगले जनाएको छ ।

त्यसैगरी आयोगले वैशाख १ गतेबाट 'स्थानीय तह निर्वाचन इ- बुलेटिन' सार्वजनिक गर्ने उनले बताए । बुलेटिनको सबै जानकारी आयोगको वेभसाइटमा उल्लेख हुने उनले जानकारी दिए । सबै मतदाताले आधिकारीक जानकारी लिन पाउने उनले विश्‍वास व्यक्त गरे ।

 


Author

थप समाचार
x