प्रमुख समाचार

निगमले सोमबारदेखि काठमाडौँ–भैरहवा उडान भर्ने

इकागज |
बैशाख ३१, २०७९ शनिबार १९:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल वायुसेवा निगमको न्यारोबडीले काठमाडौँबाट गौतम बुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलमा पहिलो पटक उडान भर्ने भएको छ । जेठ २ गते (सोमबार) देखि उडान भर्ने भएको हो । काठमाडौँबाट बिहान ६ बजे र भैरहवाबाट ८ बजे उडान हुनेछ ।

निगमको A320  जहाजले जहाजमा यात्रा गर्ने यात्रुहरूलाई स्वागत गर्नेछ । त्यसैगरी निगमले यात्रुलाई हिस्टोरिकल ब्याजसमेत दिनेछ ।


काठमाडौँ-भैरहवा-काठमाडौँ उडानका लागि निगमको वेभसाइटबाट टिकट खरिद गर्न सकिने निगमले जनाएकाे छ । निगमकै केन्द्रीय कार्यालयबाट वा नजिकको ट्राभल एजेन्सीबाट पनि टिकट खरिद गर्न सकिन्छ ।

No photo description available.


Author

थप समाचार
x