संसद्

भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउँदै गयाे : रवि लामिछाने

इकागज |
बैशाख २५, २०८० सोमबार १४:२८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा पूर्व बजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको भन्दै मिलीजुली एकअर्कालाई जोगाउने काम नगर्न ध्यानाकर्षण गराएका हुन् ।


उनले अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउँदै गएको आभास भएको जिकिर गरे । त्यस्तै लामिछानेले सरकारले पेश गरेको पूर्व बजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताए ।

रविले असाधारण अवस्था रहेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभइ  समाधानमुखी नीति अंगीकार गर्न सरकारलाई सुझाव दिए ।  


Author

थप समाचार
x