संसद्

सुकुम्बासीको खेल समाप्त गरौँ : धवल शम्शेर राणा

इकागज |
जेठ ९, २०८० मंगलबार १३:१ बजे

काठमाडौँ–राप्रपाका सांसद धवल शम्शेर राणाले सुकुम्बासीको समयस्यालाई यही वर्ष समाप्त पार्न सरकारलाई अनुरोध गरेका छन्  ।

संसदमा नीति तथा कार्यक्रमको छफलफलमा सहभागिता जनाउँदै  उनले यस्तो बताएका हुन् । ‘अन्तिम पटको लागि सुकुम्बासीको व्यवस्थापन गर्ने र त्यसपछि यो च्याप्टर नै बन्द गर्ने दृढताका साथ यो सरकार अगाडि बढोस् भन्ने हाम्रो मूल्य र मान्यता हो,’ उनले भने, ‘सुकुम्बासीको खेल समाप्त गरौँ । यो जनतालाई लोभ्याउने राजनीति गर्ने गरिबहरू माथि यो कार्यलाई यो सरकारले यो वर्ष बन्द गरोस् ।’


सांसद राणाले सुकुम्बासी समस्या देशमा राजनीतिक पार्टीहरूले कार्यकर्ता भर्ना गर्ने थलो बनाएको बताए । ‘सुकुम्बासीका समस्या एउटा तमासा भएको छ,’ उनले भने, ‘देशमा राजनीतिक पार्टीहरूले कार्यकर्ता भर्ना गर्ने र आफ्नो कार्यकर्तालाई सुम्सुम्याउने थलो भएको  छ । ३० वर्षमा ३६ वटा सुकुम्बासी आयोग बनिसकेको  छ । अहिले पनि यही तमासा गरिरहने ?’ 


Author

थप समाचार
x