संसद्

यस्ताे देखियाे उपत्यकामा राप्रपाकाे विराेध प्रदर्शन (तस्बिरहरू)

अनुज बज्राचार्य |
भदौ २७, २०८० बुधबार १५:६ बजे

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गरेकाे छ ।

गौ हत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गरेकाे हो  । 


राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भृकुटीमण्डपमा सो प्रदर्शन जारी छ । सो विरोध प्रदर्शन १२ बजेबाट सुरू भएकाे हाे । 

राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गरेकाे हो ।  

प्रदर्शनमा राप्रपाले सामाजिक सद्भाव कायम गरौं, गौहत्या विरोध गरौं, हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण, आम जनतालाई रात प्रदानको मुद्धा उठाएको छ ।
विरोध प्रदर्शनपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x