संसद्

संघीय संसद्‍लाई माग गरेजति नै बजेट दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

इकागज |
मंसिर २८, २०८० बिहीबार १५:३७ बजे

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसद्ले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

बिहीबार संघीय संसद् सचिवालयद्वारा १७ औँ संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसद्ले माग गरे बमाेजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले संघीय संसद्ले बजेट पास गर्ने भए पनि संसद्‍मै बजेट कम भएर आवश्यक कार्यक्रमहरू गर्न नसकिएको भन्दै आवश्यक बजेट दिनुपर्ने बताए ।


अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसद्ले अस्वाभाविक रूपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसद्को अधिवेशन र समितिहरू चलाउनका लागि भने आवश्यक बजेट नघटाइ दिनुपर्ने बताए ।

 


Author

थप समाचार
x