संसद्

तीन वटा संसदीय समितिको बैठक बस्दै

इकागज |
पुस १, २०८० आइतबार ९:२३ बजे

फाइल तस्बिर

काठमाडौँ - आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको सुनुवाई हुनेछ । 

त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनबाट देखिएका विषय र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग छलफल हुनेछ ।



Author

थप समाचार
x