संसद्

पाँच वटा संसदीय समितिको बैठक बस्दै, के-के हुँदैछ छलफल ?

इकागज |
पुस १६, २०८० सोमबार ८:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिबाट भएको स्थलगत अनुगमन भ्रमणको समिक्षा सम्बन्धमा छलफल हुनेछ । बिहान साढे ८ बजेबाट सुरू भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना सम्बन्धमा छलफल भइरहेको छ ।


त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत्‌ विधेयक, २०८० र सप्तरी भ्रमण कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल हुनेछ ।


Author

थप समाचार
x