संसद्

विद्यालय शिक्षा सम्बन्धी कानुनका विषयमा छलफल

इकागज |
पुस १८, २०८० बुधबार १८:२६ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको बैठकमा शिक्षक महासंघले विद्यालय शिक्षालाई समयानुकुल बनाउन सुझाव दिएका थिए । सो क्रममा महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरुले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा उचित नभएको धारणा राखिन् । 


मुलुकको शिक्षालाई आमूल परिवर्तन गर्नका लागि ऐनलाई समयानुकुल बनाउनुपर्ने उनले बताइन् । उनले विद्यालयमा स्रोत जुटाउनका लागि कानुनमै व्यवस्था हुनुपर्ने सुझाव दिइन् । तुलाधरले शिक्षकलाई कारवाही गर्ने कुरा स्थानीय सरकारलाई दिँदा आग्रह पूर्वाग्रह देखिन सक्ने बताइन् । 

शिक्षक बनाउने कुरामा पनि योजनागत रुपमा अघि बढ्न सकेन भने शिक्षकहरु नै देश बाहिरबाट ल्याउने अवस्था आउन सक्ने उनको भनाइ छ । 

समितिले अर्को बैठकमा नगरपालिका राष्ट्रिय महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र माध्यमिक विद्यालय शिक्षक युनियन लगायतसंग विधेयकका सम्बन्धमा छलफल गर्ने जनाएको छ । प्रतिनिधिसभामा गत असोज २१ गते सैद्धान्तिक छलफलपछि दफाबार संशोधनका लागि विधेयक समितिमा पठाइएको थियो । 


Author

थप समाचार
x