संसद्

संविधानले दिएको अधिकार महिलाहरूले लिन सक्नुपर्छ : उपसभामुख

इकागज |
माघ १, २०८० सोमबार १७:११ बजे

काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकार महिलाहरूले लिन सक्नुपर्ने बताएकी छन् ।

सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे सङ्क्रान्ति विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख मगरले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताएकी हुन् ।


अहिले संविधानमा ३३ प्रतिशत महिलाको व्यवस्था गरिएको भए पनि सबै महिला रबर स्ट्याम जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको उनले बताइन् । उनले अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैँले लडेर ल्याउनुपर्नेमा जोड दिइन् । उपसभामुख रानाले संविधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै वर्ग सबै समुदाय एक भएर लड्नु पर्ने जिकिर गरिन् ।

उदयपुरमा मगर संघले माघी अर्थात मगर सङ्क्रान्तिको उपलक्ष्यमा हुर्रा नृत्यदेखि विविध कार्यक्रमको आयोजना गरेर पर्व मनाएका थिए भने किराँत समुदायले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर यलेसम्वत ५०८४ मनाएका थिए ।


Author

थप समाचार
x