संसद्

राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

इकागज |
माघ ४, २०८० बिहीबार १७:२९ बजे

फाइल तस्बिर

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् । 


राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सो अध्यायदेश जारी गरेका हुन ।

युगान्डा जानु अघि पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


 


Author

थप समाचार
x