संसद्

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

इकागज |
माघ २९, २०८० सोमबार १४:४० बजे

काठमाडौँ- राष्ट्रिय सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको छ । 

सोमबार बसेको बैठकमा उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । उक्त विधेयक बहुमतले पारित भएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । 


राष्ट्रिय सभाको अर्काे बैठक ६ फागुनका लागि बोलाइएको छ ।


Author

थप समाचार
x