संसद्

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

इकागज |
फागुन ६, २०८० आइतबार ६:४९ बजे

फाइल फोटो

काठमाडौं -  प्रतिनिधिसभा बैठक बस्दैमा ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।


आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् ।

संङघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।

साथै, राष्ट्रियसभामा उत्पति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य तथा विज्ञान विश्वविद्यालय विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभामा उत्पति भएको ‘अनुगमन तथा मुल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन २०८०’ पेश गर्नेछन् ।

सांसद प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व (पहिलो संशाेधन) अध्यादेश, २०८० लाई अस्विकार गरियोस् भनी राख्नु भएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाइ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै, मन्त्री महतले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

 
 
 


Author

थप समाचार
x