राजनीति

नयाँ सरकार गठनका लागि बालुवाटारमा छलफल जारी

इकागज |
फागुन २१, २०८० सोमबार ११:२४ बजे

बालुवाटारमा नयाँ सरकार गठनका लागि छलफल ।

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलको बैठक बसिरहेको छ । नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बसेको बसिरहेको हो ।

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् ।


त्यस्तै एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी छन् । रास्वपाबाट भने रवि लामिछाने सहभागी छन् ।

र, यो पनि


Author

थप समाचार
x