दल

प्रदेशमा पनि आलोपालो मुख्यमन्त्री, समाजवादीलाई सँगै लैजाने माओवादीको निर्णय

इकागज |
फागुन २१, २०८० सोमबार ११:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा पदाधिकारी बैठक सकिएको हो ।

बैठकले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको माओवादीका सचिव देवेन्द्र पौडेलले बताए । उनका अनुसार प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउने छलफल भएको छ ।


त्यस्तै बैठकले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सकरात्मक रहेको बताइएको छ ।

र, यो पनि


Author

थप समाचार
x