दल

प्रधानमन्त्रीले चिया खान बोलाएको होला भन्दै बालुवाटार लागे ओली

इकागज |
फागुन २१, २०८० सोमबार १०:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा चिया पिउन बोलाएकाले जान लागेको प्रतिक्रिया दिएका छन् । आज बिहान एमाले सचिवालयको बैठक सकिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार जान लागेका ओलीले सञ्‍चारकर्मीहरूलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

नयाँ सरकार बन्न लागेको हो भन्ने प्रश्नमा ओलीले भने 'त्यो त प्रधानमन्त्रीलाई सोध्नुपर्छ । सरकार फेरिन्छ फेरिँदैन् भन्ने प्रधानमन्त्रीलाई थाहा हुन्छ ।'


दौडधुप त निकै छ नि भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा ओलीले ठट्यौली पारामा भने ‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो । यसो चिया खान बोलाएको होला । त्यसैले जाँदैछु ।’

 

र, यो पनि


Author

थप समाचार
x