संसद्

एमाले र राप्रपाको अवरोधपछि १५ मिनेटका लागि संसद्‌ बैठक स्थगित

इकागज |
फागुन ११, २०८० शुक्रबार १२:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा १५ मिनेटका लागि स्थगित भएको छ ।

सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलेपछि नेकपा एमाले र राप्रपाका सांसदहरूले संसद्‌ अवरुद्ध गरेका हुन् ।


प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन् । 

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए । 

सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे । 

शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए ।

प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए ।


Author

थप समाचार
x