संसद्

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत हुने

इकागज |
फागुन १३, २०८० आइतबार ९:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ ।


आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।

त्यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ लाई प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x