संसद्

दुई संसदीय समितिको बैठक बस्दै

इकागज |
फागुन १६, २०८० बुधवार ६:३३ बजे

काठमाडौँ- संघीय संसद्‌ अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । संघीय संसद्‌ भवन सिंहदरबारमा उक्त बैठक बस्नेछ । 

संसद्‌ सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । उक्त बैठक क्रमशः बिहान ११:३० र दिउँसो १:३० बजे बस्नेछ । 


कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ भने विधायन समितिमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा दफावार छलफल हुनेछ ।


Author

थप समाचार
x