संसद्

सरकारलाई असफल, लुलो र कमजोर हुने छुट छैन : बर्तौला

इकागज |
फागुन २४, २०८० बिहीबार १२:३७ बजे

काठमाडौँ- नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बिहीबार संसद्‌मा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।

उनले संसद्‌मा दलहरूको आसन परिवर्तन भएको, भूमिका फेरिएको भए पनि देशप्रतिको जबाफदेहिता नफेरिएको बताएका छन् ।


जनताप्रतिको कर्तव्यमा बदलाव नआएको भन्दै देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने उनले बताए । 

उनले सरकारलाई लुलाउने, कमजोर र अफसल हुने छुट नभएको बताए ।

'हिँड्दा हिँड्‌दै काँध गलेमा काँध फेर्ने छुट छैन्' उनले भने 'हिँड्दाहिँड्‌दै आफ्नै भारीले थिच्ने वातारवण बनाउन पनि छुट छैन ।'


Author

थप समाचार
x