संसद्

एकतर्फी रूपमा प्रधानमन्त्रीले अविश्वसनीय तवरले गठबन्धन तोडे : रमेश लेखक

इकागज |
फागुन २४, २०८० बिहीबार १४:१३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले एकतर्फी रूपमा प्रधानमन्त्रीले अविश्वसनीय तवरले गठबन्धन तोडेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लेखकले मुलुकमा दिगो शान्ति, सुशासन, संविधानको रक्षाका साथै विकास र समृद्धि प्राप्त गर्न गठबन्धन बनाउने सहमति भएपनि प्रधानमन्त्रीले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर एकतर्फी रूपमा अविश्वसनीय तवरले विश्वास तोडेको आरोप लगाएका हुन् । निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचाह्रु, प्रतिज्ञाहरूलाई बेवास्ता गर्दा कांग्रेसप्रति मात्रै नभई संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात भएको उनले बताए ।


त्यस्तै उनले गठबन्धन तोडेर प्रधानमन्त्रीले जनताको पनि अपमान गरेको जिकिर गरे । लेखकले कपोलकल्पित कथा बुनेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गरेकाले यो राजनीतिक बेइमानी पनि भएको धारणा राखे । उनले निरन्तर गठबन्धन भत्काउने र सरकार बनाउने खेलका कारण मुलुकमा राजनीतिक स्थिरता हुन नसक्ने जिकिर गरे ।

लेखकले माओवादीले सबै दललाई धोका दिइसकेको भन्दै धोका पाएका एकै ठाउँ उभिए के हुन्छ ? भन्दै प्रश्न गरे । उनले सरकारमा रहँदा कांग्रेसले सदैव सरकारलाई आवश्यक सहयोग गरेको भन्दै अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने जानकारी दिए । 


Author

थप समाचार
x