संसद्

राष्ट्रियसभा अध्यक्षमा प्रचण्डका भाइ नारायण दाहाल निर्वाचित

इकागज |
फागुन २९, २०८० मंगलबार १३:२७ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। 

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।


उनले ३९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका छन् । 

राष्ट्रिय सभा बैठकमा गोपी सार्की अछामीले दाहालको प्रस्ताव पेस गरेका थिए । 

राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन थियाे । 
 


Author

थप समाचार
x