संसद्

राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

इकागज |
फागुन २९, २०८० मंगलबार १४:३७ बजे

काठमाडौँ- नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कानुन निर्माणलगायतका विषयमा राष्ट्रिय सभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयत्न गर्ने समेत बताए । उनले चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्ने धारणा राखे ।


राष्ट्रिय सभाले गर्ने सबै भूमिकालाई प्रभावकारी बनाउन सबै दलहरूलाई एकताबद्ध भएर लैजाने नवनिर्वाचित अध्यक्ष दाहालले उल्लेख गरे ।

उनले आफूलाई निर्वाचित गर्ने सबै सदस्यहरूप्रति आभार व्यक्त गरे ।


Author

थप समाचार
x