संसद्

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए पद तथा गोपनीयताको शपथ

इकागज |
फागुन २९, २०८० मंगलबार १८:२२ बजे

काठमाडौँ- नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथपछि अध्यक्ष दाहालले सिंहदरबार पुगेर पदभार ग्रहण पनि गरेका छन् । सिंहदरबारमा उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद् सचिवालयमा महासचिव लगायत कर्मचारीहरूले स्वागत गरेका थिए ।


पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् । सो क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै महत्वपूर्ण विधेयकहरूलाई अघि बढाउनका लागि सबै दलहरूलाई साथमा लिएर अघि बढ्ने बताए ।

त्यस्तै संविधान कार्यान्वयनका लागि बन्न बाँकी ऐन कानुनहरूको निर्माणलाई पनि गम्भीरताका साथ लिने उनले धारणा राखे । 


Author

थप समाचार
x