संसद्

सहकारी ठगीमा मुछिएकालाई गृहमन्त्री नियुक्त गरेर प्रधानमन्त्री प्रचण्डले उथलपुथल गरे : थिङ

इकागज |
फागुन ३०, २०८० बुधबार ११:४० बजे

काठमाडौँ- नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएकी छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा थिङले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएकी हुन् ।

उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको थिङले आरोप लगाइन् ।


‘प्रधानमन्त्री प्रचण्डले कसरी मन्त्रीहरू ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ’ थिङले भनिन् ।


Author

थप समाचार
x