संसद्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
चैत १, २०८० बिहीबार ६:४० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बस्दैछ ।


संसद्‌ सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । 

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नेछन् । 

मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । 

साथै, आ.व. २०८१/२०८२ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल प्रारम्भ गरिने महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् । 


Author

थप समाचार
x