संसद्

प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

इकागज |
चैत २, २०८० शुक्रबार ६:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ ।


संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । 

उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

साथै, आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x